पार्टीभित्र समस्या देखिएपनि विभाजनसम्म पुग्दैन-प्रधानमन्त्री

khabarwave
२६ कार्तिक २०७७

काठमाण्डाै ।प्रधानमन्त्री  ओलीले केपी शर्मा ओलीले अहिले पार्टीभित्र समस्या देखिएपनि विभाजनसम्म नपुग्ने बताएका छन् । साथै दुवै पदबाट नहट्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।

बुधबार संखुवासभा पुगेका ओलीले पत्रकारहरुसँग कुरा गर्दै पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट नहट्ने बताएका हुन् । पाँच वर्षका लागि जनमत प्राप्त प्रधानमन्त्रीले बीचैमा राजीनामा दिन नमिल्ने उनको तर्क छ । ‘जनताले पाँच वर्षका लागि जनमत दिएको छ, अब बीचैमा छोड्ने कुरा हुन्न । विहानै राजीनामा दिँदैछ, बेलुकी राजीनामा दिँदैछ भनेर लेखेको भन्दै पत्रकारहरुसँग पनि उनकाे असन्तुष्ट्रि थियाे ।

संखुवासभाको किमाथांका पुगेका प्रधानमन्त्री ओली सशस्त्र प्रहरीको बीओपीको निरीक्षण, कोशी करिडोर र अरुण तेस्रो जलविद्युत आयोजनाबारे जानकारी लिएर  काठमाडौं फर्किएका छन् ।

Loading spinner