‘जिन्दगीको विश्वविद्यालय’ पुस्तक सार्वजनिक

khabarwave
२४ कार्तिक २०७७

काठमाण्डाै । दुई दशकदेखि सेल्फ(हेल्प) विधामा कार्यरत लेखक एचवी कटवालको ‘जिन्दगीको विश्वविद्यालय’ पुस्तक हालै सार्वजनिक भएको छ ।विगत लामो समयदेखि लेखन तथा अध्यापन पेशामा क्रियाशील कटवालको उक्त पुस्तक समसामायिक बिषयबस्तुमा आधारित रहेकाे छ ।  व्यक्तित्व विकास गर्न चाहने जाे काेहीका लागि  पुस्तक सहयाेगी हुने बताइएकाे छ ।

पुस्तकलाई नेपाल आन्ट्रप्रेनरशिप एजुकेशन फाउण्डेशन (नीफ) ले बजारमा ल्याएको हो ।कोरोना भाइरसको बढ्दो संक्रमणको विशेष परिस्थितिमा सुरक्षा मापदण्डका साथ सीमित व्यक्तिहरू माझ पुस्तक सार्वजनिक गरिएको नीफका प्रसिडेन्ट तथा सीईओ शशी शर्माले बताइन् ।

विमोचन समारोहमा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी डारेक्टर गोविन्द गौतमले यो पुस्तकले हरेक व्यक्तिलाईलाई सिर्जनात्मक तवरले जिन्दगीमा खुसी र आनन्द प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Loading spinner