देशभर ३३०९ मा संक्रमण पुष्टि हुँदा उपत्यकामामात्रै १८७८

khabarwave
१९ कार्तिक २०७७

काठमाण्डाै ।  स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा थप ३ हजार ३सय ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।  उनकाअनुसार यससँगै संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९सय २३ पुगेको छ  । प्रवक्ता डा  गौतमकाअनुसार  हालसम्म संक्रमितमध्ये १ लाख ४४ हजार ९७८ जना निको भएका छन् ।हाल देशभर सक्रिय संक्रमित भने ३६ हजार ९११ जना रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्या १ हजार ३४ पुगेको छ।नयाँ संक्रमितमध्ये १८७८ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका १५७० जना, ललितपुरका १८९ जना र भक्तपुरका ११९ जना छन् ।

 

Loading spinner