नेपाली कांग्रेसका सांसद केसीको निधन

khabarwave
१८ कार्तिक २०७७

काठमाण्डाै ।  प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । सुगर र प्रेसरको समस्याबाट गुज्रिरहेका केसीको सोमबार राति निधन भएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका केसी नेपाली चाउचाउ उद्योगका पायोनियर भनेर चिनिने गर्दथे ।लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गरेका केसी पछि कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बनेका केसी पोखराका पूर्व प्रधानपञ्च पनि हुन् । पहिलो संविधान सभाको निर्वाचनमा उनी राप्रपाबाट समानुपातिक सांसद बनेका थिए ।

नेपालकै प्रतिष्ठित उद्योगीका रुपमा चिनिएका केसी नेपाली चाउचाउ उद्योगका पायोनियर हुन् । हिमश्री फुड्सका अध्यक्ष केसीकै अगुवाइमा नेपालमै मात्र नभएर दक्षिण एसियामै पहिलो चाउचाउ उत्पादन सुरु भएको थियो ।

Loading spinner