नेकपा बिवादमा नेताहरू सामाजिक संजालमा छरपष्ट,डा.बाबुरामकाे टिप्पणी- हिजोका झापाली र माओवादीले कति छिटो बिर्सेको ?

khabarwave
१७ कार्तिक २०७७

काठमाण्डाै । यतिबेला नेकपाकाे बिवादले  मुलुककाे सिंगाे ध्यान खिचेकाे छ । सामाजिक संजालमा तिनका नेता तथा कार्यकर्तामात्र हाेइन अन्यकापनि टिकाटिप्पणी देख्न पाइन्छ । पुर्बप्रधानमन्त्री डा.बाबुराम भटटराइ  टिवटरमा लेख्छन- विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी र नेतृत्वले रंग फेरिसकेपछि पनि बॉकी नेता र कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापाली र माओवादीले कति छिटो बिर्सेको ? ओली आफ्नो कुबाटोमा दृढ छन्अरू उनको सती जाने कि बेलैमा नयॉ समाजवादी बाटो बनाउने ?

त्यस्तै नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्टले पार्टी एकताको रक्षा गरौं भन्दै यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबै बाट एउटै कुरामा इमान्दार प्रतिबध्दता भए पुग्छ,पार्टीको बिधि,पध्दति एवं निर्णयको पालना र कार्यान्वयन गर्न अनेराेध गरेका छन।

प्रधाजमन्त्री केपी अाेली निकट मानिएका नेता गाेकुल बाँस्काेटाले  सिद्धान्त र  गठनात्मक प्रणाली सहितको सङकट उत्पन्न भएको भए पो सङ्कट मान्नु  भन्दै लेनदेनको ब्यापारीक स्वार्थमा अडेको एकता अर्को सम्झौता पछि समाधान भैहाल्छ नि भनेका छन ।नेता माधब नेपाल निकट नेतृ रामकुमारी झाक्रीले लेखेकी छिन-पार्टी किन फूट्ने होला ? अनि कसले फूटाउने होला ?  सबै थोक गर्न दिएकै छ र पाएकै छन।अब पार्टी फूटाएर त्यो बैभव पाउने पनि होईन।पार्टी सदस्य र समर्थकको दिमाग किन खाएको होला ?
माधब नेपाल निकट अर्का नेता गाेर्कण बिष्टले ·देश र जनता भन्दा नेता ठूलो, पार्टी भन्दा गुट ठूलो ठान्ने प्रवृत्तिलाई सच्याएर मात्रै आन्दोलनलाई थप सशक्त र एकताबद्ध बनाउन सकिने लेखेका छन ।

Loading spinner