१४ हजार ९सय ८९ जनाको परीक्षण हुँदा ३५सय १७ मा कोरोना संक्रमण

khabarwave
१४ कार्तिक २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा देशभर ३५सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण ९२० जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार १४ हजार ९सय ८९ जनाको परीक्षण हुँदा २१सय ५६ पुरुष र १३सय ६१ महिला गरी ३५सय १७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४हजार ९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ ।

Loading spinner