काठमाडौँ उपत्यकामामै छन् २३ हजार ७५० सक्रिय संक्रमित

khabarwave
९ कार्तिक २०७७

काठमाडौँ । देशभर ४५५७२ जना संक्रिय संक्रमित पुग्दा त्यसको आधा भन्दा बढी २३ हजार ७ सय ५० जना काठमाडौं उपत्यकामै रहेको पाइएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १९ हजार ८२६ जना, भक्तपुरमा १ हजार ४९४ र ललितपुरमा २ हजार ४३० गरी उपत्यकामा २३ हजार ७५० सक्रिय संक्रमित रहेका छन्।पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ संक्रमित थपिएका छन्। देशभर पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण गरिएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । सक्रिय संक्रमित ४५ हजार ५७२ जना रहेका छन् । ३ हजार ३३६ जना निको भएका छन् भने ५ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेको कूल संख्या ८५७ पुगेको छ ।

Loading spinner