उपत्यकाबाट सात लाख यात्रु बाहिरिए, भित्रिए ६ लाख

khabarwave
७ कार्तिक २०७७

काठमाण्डाै । कोरोना प्रकाेप बढिरहपनि मानिसकाे चहलपहल भइरहेकाे छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार  एक महिनामा काठमाडौं उपत्यकाबाट सात लाख यात्रु बाहिरिएका छन् भने ६ लाख भित्रिएका छन् । कोरोना भाइरस संक्रमण बढिरहेकाले दसैं मान्न लागिको आवतजावत बढेको हो ।

अघिल्ला वर्ष एक महिना अघिदेखि दसैं मान्न जाने यात्रुको भीडभाड हुने गरेकोमा यो वर्ष बढ्न सकेको छैन ।महाशाखाले अघिल्लो वर्षको तुलनामा यस वर्ष उपत्यकाबाट बाहिरिनेको सख्ंया धेरै कम भएको छ । बिहीबारसम्म सात लाख २५ हजार यात्रु उपत्यकाबाट बाहिरिएकोमा ६ लाख २२ हजार भित्रिएको  जानकारी दिएको छ ।
। दसैं मान्नका लागि पछिल्लो एक सातामा उपत्यका भित्रिनेभन्दा बाहिरिनेको संख्या बढ्दै गएको छ । अघिल्ला वर्ष एक महिना अघिदेखि दसैं  कोरोनाभाइसको संक्रमण बढ्दै गएपछि यो वर्ष बाहिरिने यात्रुको सख्या अघिल्लो वर्षको तुलनामा धेरै नै कम भएको छ । अघिल्ला वर्ष दसैंको लागि एक महिना अघिदेखि नै गाडीको अग्रिम टिकट खुला हुने गरेको थियो । यो वर्ष भने यात्रु कम हुँदा बुकिङ खुलेन । सुरक्षाका मापदण्ड अपनाएर यात्रु फाट्टफुट्ट गए पनि धेरैजसो उपत्यकामै बसेका छन् । कोरोनाभाइरसको संक्रमण बढदै गएकाले सरकारले उपत्यकाबाहिर नजानसमेत आग्रह गरेको छ ।

 

Loading spinner