३ हजार ६सय ३७ मा कोरोना संक्रमण पुष्टि हुँदा ३२ सय १५ संक्रमणमुक्त

khabarwave
६ कार्तिक २०७७

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभर ३ हजार ६३७ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । १५ हजार २५५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।२४ घण्टामा मात्र ३२सय १५ जना संक्रमणमुक्त भएका छन।

नयाँ संक्रमितमध्ये १५सय ५२ काठमाडौं उपत्यकाका छन्। जसमा काठमाडौंका १२सय ८३, ललितपुरका १५७ र भक्तपुरका ११२ जना छन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । उनीहरुमध्ये ८१२ जनाको मृत्यु भएको छ भने १ लाख २ हजार ८२० जना संक्रमणमुक्त भएका छन् ।

 

Loading spinner