२० हजार ११८ जनाको पीसीआर परीक्षण हुँदा ५ हजार ७सय ४३ संक्रमित भेटिए

khabarwave
५ कार्तिक २०७७

काठमाण्डाै । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार    देशभर बितेको २४ घण्टामा थप ५ हजार ७सय ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकाे छ । याे सँगै कोरोनाभाइरस संक्रमितको संख्या ४४ हजार नाघेको छ । बितेको २४ घण्टामा थप ५ हजार ७सय ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ४४ हजार ४सय ७६ पुगेको मन्त्रालयले जनाएकाे छ । यस्तै बितेको २४ घण्टामा २० हजार ११८ जनाको पीसीआर परीक्षण भएको छ।

मन्त्रालयका अनुसार  हाल संस्थागत आइसोलेशनमा १४ हजार ६७६ र होम आइसोलेशनमा २९ हजार ८०० जना रहेका छन् ।काठमाडौ उपत्यकामा मात्रै ३ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।   मन्त्रालयका अनुसार काठमाडौंमा २३;सय ९१, ललितपुरमा ५सय ४३ र भक्तपुरमा १७३ गरी कुल ३ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Loading spinner