जनता समाजवादीले बनायाे संगठन समायोजनकालागि कार्यदल

khabarwave
४ कार्तिक २०७७

काठमाण्डाै । जनता समाजवादी पार्टी नेपालको भातृ संगठन र जनवर्गीय संगठन समायोजन सहजीकरणका लागि कार्यदल बनाइएकाे छ । जनता समाजवादी पार्टी नेपालकाे  कार्यकारिणी समितिको बैठकले पार्टीका नेताहरू  वृखेश चन्द्र लाल,  उमाकान्त झा, मनिष सुमन,  केशव झा,रामसहाय यादव, रकम चेम्जोङ , हिसिला यमी,र शुशिला श्रेष्ठ रहेकाे ८ सदस्यिय  कार्यदल बनाएकाे बताइएकाे छ । उक्त  कार्यदलले  भातृ संगठन र जनवर्गीय संगठनकाे समायोजन गर्ने बताइएकाे छ ।

Loading spinner