चर्काे आलाेचनापछि मन्त्रिपरिषदका सदस्य र नेकपाका २सय २० सांसदकाे दसैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय

khabarwave
३ कार्तिक २०७७

काठमाण्डाै । दसैँ भत्ता फिर्ता गर्ने हाेडबाजीकाबीच  प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो दसैँ भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।

मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले यो जानकारी दिएका हुन् । यसैबीच प्रतिनिधिसभा नेकपाका दुवै सदनका संसदीय दलका नेता र सचेतकहरुको बैठकले भत्ता नलिने निर्णय गरेको छ । नेकपासँग प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ सांसद छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि कोरोना भत्ता फिर्ता गर्दै कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ ।

 

 

 

Loading spinner