माननीयहरुले फिर्ता गर्न थाले दशैं भत्ता

khabarwave
२ कार्तिक २०७७

काठमाडौं । राष्ट्रियसभा र प्रतिनिधिसभाका माननीयहरुले दशैं भत्ता पनि नछाडेको सार्वजनिक भइरहँदा नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले दशैंभत्ता बापतको रकम फिर्ता गरेको घोषणा गर्नुभएको छ ।

उहाँले संघीय संसदका महासचिवलाई पत्राचार गर्दै हालको विषम परिस्थितिमा जनप्रतिनिधिलाई दशैं भत्ता वितरणगर्ने सरकारको निर्णय समय सान्दर्भिक नभएको भन्दै आफूलाई प्राप्त भएको दशैं भत्ता बापतको रकम सचिवालयमार्फत् उपयोग गर्न सरकारलाई फिर्ता गरेको बताउनुभएको छ ।

यसअघि नै नेकपाका प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले गत चैत महिना देखिनै पारिश्रमिक तथा भत्ता दुवै लिनुभएको छैन भने आज दिउँसो मात्रै नेकपा स्थायी समिति सदस्यद्वय एवं प्रतिनिधिसभाका सांसद भीम रावल र जनादर्शन शर्माले पनि दशैं भत्ता बापतको रकम फिर्ता गरेको घोषणा गरिसक्नु भएको छ ।

Loading spinner