विश्वविख्यात मोडल भन्छन्, पर्यटन क्षेत्रकाे पुनर्उत्थानका लागि विशेष कार्यक्रम ल्याउनुपर्छ

khabarwave
२ कार्तिक २०७७

विश्वविख्यात मोडल एवं वरिष्ठ पर्यटन व्यवसायी आङतेम्बा शेर्पा काेराेना कहर नभएकाे भए यसबेला बिदेशमै हुनुहुन्थ्याे तर अहिले काठमाण्डाैकाे घरकाे चारदिवालमा सीमित हुनुहुन्छ । यहि अबस्थामा स्बास्थ्यकाे मापदण्डलाइ पालना गर्दै  दिदी फुल्हमु  शेर्पाकाे घर बालुवाटारमा गएर भान्जाभान्जी  आफन्तहरुसँग रमाउदाकाे मज्जा छुट्टै भएकाे बताउनुहुन्छ । लामो समय काेराेना  कहरपछि भेटघाट हुँदा काेराेनाकाबारेमा देश-विदेशका कथाहरु एकअर्कालाइ सुनाउदा काेराेना त्रासपनि हटेकाे बताउनुहुन्छ  शेर्पा । दिदीबहिनी भान्जाभान्जीसँग  दिवाभोजमा सरिक हुँदाकाे अलग्गै मज्जा रहेकाे उहाँ बताउनुहुन्छ ।

काेराेना कहरका कारण पर्यटन व्यवसायमा गम्भीर असर परेको अवस्थामा पर्यटन ब्यबसायिमा त्यसमा आश्रित बर्गमा असर नपर्ने कुरै भएन। गत चैत महिना देखि पर्यटन व्यवसाय ठप्प रहँदा त्यसमा आश्रित  पथ प्रर्दशकदेखि हाेटल सम्मलाइ  प्रभाव परेकाे छ ।  देशको सबभन्दा ठूलो अर्थतन्त्रकाे मेरुदण्ड भनेकै पर्यटन व्यवसाय हो ।आज उक्त व्यवसाय ठप्प हुँदा होटल व्यवसायी देखि बैंक तथा वित्तीय संस्थाहरु सम्मलाई असर पुग्न गएको  छ । साना व्यवसाय देखि तारे होटल व्यवसाय सम्मलाई यसकाे असर परिरहेको अवस्थामा पर्यटन व्यवसायलाई पुनरुत्थान गर्नका लागि विशेष प्याकेज ल्याउनुपर्ने आङतेम्बा शेर्पा बताउनुहुन्छ ।

होटलदेखि, पथ प्रर्दशक सम्मलाई त्यसको असर परेको अवस्थामा विशेष प्याकेज कार्यक्रम नलाउने हाे भने मुलुकको पर्यटन ब्यवसायमा दीर्घकालीन असर पर्न जाने उहाँको धारणा छ ।पर्यटन ब्यवसायमा अरबौंको लगानी छ । आज यसमा बैंक तथा वित्तीय संस्थाहरुकाे योगदान पनि कम छैन । आज पर्यटन ब्यवसायमा असर पर्नु भनेको मुलुकको अर्थतन्त्रमा गम्भीर धक्का पुग्न जानु हाे । यस्तो अवस्थामा सरकार र निजीक्षेत्रले संयुक्त पहलमा मुलुकको पर्यटन ब्यवसायमा पुनरुत्थान कार्यक्रम ल्याउनपर्छ। पर्यटन व्यवसायलाई आशावादी भएर उभाे लगाउने कार्यक्रम ल्याउन पर्छ भन्ने मान्यता राख्नुहुने उहाँ मुलुककाे गतिविधि  ठप्प भएको अवस्थामा मन बहलाउनकै लागि आफ्नो  दिदीको घरमा गएर  दिवाभोजमा सरिक भएकाे बताउनुहुन्छ ।

विगत ४० वर्षदेखिको संघर्षपूर्ण  कथा व्यथा उक्त भेटघाटमा उदेल्ने काम भयाे । आङतेम्बा शेर्पा गत शनिबार  बालुवाटारमा दिदी फुल्हमु  शेर्पाकाे घरमा  पुग्दा माहाैल पारिवारिक बन्न पुग्याे । साे अबसरमा दुबै पक्ष बाट विगतको  सङ्घर्षका कथाहरू,साेलुखुम्बु- चौरीखर्क देखि मध्यतराईको उदयपुर , सिराहाकाे लहान हुँदै काठमाण्डाै सम्मका बिगतका कथाहरु  आदानप्रदान गर्ने काम भएकाे थियाे । संघर्षका कथाले बातावरणमा सन्नाटा छाएकाे थियाे । नयाँ पुस्ताले  आमा-मामाका कथा अभिरूचिपूर्बक सुनेका थिए । आङतेम्बाका  संघर्षका कथाबाट धेरैलेअनुभव लिन सक्छन् भने कतिपयकालागि गम्भीर बन्ने किसिमका पनि छन ।

बालुवाटारको दिदी घरमा भएकाे  दिवाभोजमा  विगतमा ढुङ्गामा पकाएको रोटीको अनुभवदेखि पश्चिमेली संस्कृतिबाट आएको केक संस्कृति अंगालेर  विगत र वर्तमानको झल्झली याद  झल्काउने काम भएकाे थियाे। संघर्षपूर्ण इतिहासबाटै सम्झनलायक इतिहास बनाएका बहुमुखी प्रतिभाका धनि  व्यक्तित्वको रुपमा रहेका शेर्पाको जीवनगाथा जसले बुझेको छ, उसले जीवन र सङ्घर्ष के हो भन्ने कुरा  मज्जाले बुझ्नसक्छ ।

Loading spinner