थप २९४२ जनामा कोरोना, उपत्यकामै १६९८ लाई संक्रमण, संक्रिय संक्रमित ४० हजार नजिक

khabarwave
२ कार्तिक २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९४२ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ। पछिल्लो २४ घण्टामा १४ हजार ८७५ जनाको पिसिआर परीक्षण भएको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ३२६ छ। योसँगै हालसम्म ९२ हजार १६६ जना निको भएका छन्। आज देशभर ३९ हजार ३४१ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७३९ पुगेको छ।

उपत्यकामा १६९८ जना नयाँ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६९८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४६९, ललितपुरमा १३० र भक्तपुरमा ९९ जनालाई कोरोना संक्रमण देखिएको छ।  देशभर २ हजार ९४२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या १ लाख ३२ हजार २४६ पुगेको छ।

Loading spinner