भौतिक पूर्वाधार विकासमन्त्रीसहित ५ जनामा कोरोना संक्रमण

khabarwave
१ कार्तिक २०७७

काठमाण्डाै। लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी ,उनकी श्रीमती द्रोपती चौधरी, पिएसओ सुन्दर बुढाथोकी, चालक यमबहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना संक्रमण देखिएको  छ ।उनले  सामाजिक सन्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका छन् ।

संक्रमण देखिएपछि उनी सरकारी निवासमै आइसोलेसनमा रहेको र रुघाबाहेक अन्य स्वास्थ्य समस्या नरहेको बताइएकाे छ  । अन्य ४ जनालाई भने कुनै लक्षण देखिएको छैन ।मन्त्री चौधरीले आफूसँग सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन आग्रह समेत गरेका छन् ।

 

Loading spinner