दसैंलगत्तै आन्दोलनमा उत्रने देउवाकाे चेतावनी

khabarwave
३० आश्विन २०७७

काठमाण्डाै । प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गैरजिम्मेवार र संवेदनशीलहीन बन्दै गएकाले दसैंलगत्तै आन्दोलन गर्नुपर्छ भन्ने साेचमा पुगेकाे बताएका छन । सरकारले कोरोना नियन्त्रण र भष्टाचार रोक्ने कदम नचाले दसैंलगत्तै आन्दोलनमा उत्रने पनि देउवाले चेतावनी दिएका छन्। सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा पार्टीले बनाएको कोरोना अनुगमन समितिको प्रतिवेदन बुझेपछि शुक्रबार देउवाले भने – मानब जीवनमा सरकारले हेलचक्राइँ गरेको  दसैंलगत्तै आन्दोलन गर्नुपर्छ।’कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले हेलचक्राइँ गरेको बताएका छन्।

गरिब जनतालाई निस्शुल्क पिसिआरसमेत नगरेर सरकारले जनताको जीवनमा खेलवाड गरेको आरोप देउवाको छ।पछिल्लो समय काठमाडौंमै कोरोना भयावह हुने अवस्थामा पुगे पनि सरकारले आइसोलेसनहरू व्यवस्थापन गर्न नसकेको देउवाले बताए।

अक्सिजनसहित व्यवस्था भएको कम्तिमा एक हजार बेडका आइसोलेसन काठमाडौं र सातै प्रदेशमा तयार राख्नुपर्नेमा सरकारले कामै नगरेको देउवाको आरोप छ।

 

Loading spinner