मालपोत कार्यालय पर्सामा प्रशासनकाे छापा,मालपाेत प्रमुख सहित २१ पक्राउ

khabarwave
३० आश्विन २०७७

काठमाण्डाै ।  पर्सामा जिल्ला प्रशासन कार्यलयले वीरगञ्जस्थित मालपोत कार्यालयमा छापा मारेकाे छ ।बिहीबार रातिकाे समयमा गरिएको छापाका क्रममा निमित्त प्रमुख सुमन कुमार झासहित १३ जना कर्मचारी र ८ जना लेखापढी व्यवसायीलाई प्रशासनको टोलीले नियन्त्रणमा लिएको थियो । लेखापढी व्यवसायीसहित बिहीबार राति अबेरसम्म कार्यालयमा बसेर अवैध काम भइरहेको सूचनाको आधारमा प्रशासनले छापा मारेकाे हाे ।

कर्मचारीहरुलाई बोलाएको समयमा हाजिर हुनेगरी छाडिएको छ । लेखापढी कानुन व्यवसायीहरुलाई भने अनुसन्धानका लागि प्रहरी हिरासतमै राखिएको छ ।

कार्यालयको निर्धारित समय सकिएपछि पनि बाहिरी व्यक्तिको उपस्थितिमा कार्यलयमा गैरकानुनी ढंगबाट अवैध काम भइरहेको सूचनाको आधारमा छापा मारिएको बताइएकाे छ ।

 

 

Loading spinner