दुई दशकसम्म मानवअधिकार उल्लंघन गर्नेहरू २ सय ८६ जनामा काे-काे ? उल्लंघनकर्ताको सूचीमा पूर्व गृहसचिबदेखि सिपाहीसम्म (सूचिसहित)

khabarwave
२९ आश्विन २०७७

काठमाडौं ।  मानवअधिकार उल्लंघन गरेका २सय८६ जनाको नाम सार्वजनिक गरिएकाे  छ । राष्ट्रिय मानव अधिकार आयोगले विगत दुई दशकमा मानवअधिकार उल्लंघन गर्नेहरूकाे नाम सार्वजनिक गरेकाे हाे । आयोग अध्यक्ष अनुपराज शर्माद्वारा  भर्चुलबाट सार्वजनिक प्रतिवेदन अनुसार उल्लंघनकर्तामा तत्कालिन नेकपा माओवादीका ६५ ,नेपाल प्रहरीका ९८, नेपाली सेनाका ८५,  निजामती कर्मचारी १६, सशस्त्र प्रहरी ८, शिक्षक ४, चिकित्सक २, मानवअधिकारकर्मी १ र अन्य ७ जना छन् ।

आयोगले उल्लंघनकर्ताको सूचीमा पूर्व गृहसचिव नारायणगोपाल मलेगो, पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह राना, कर्णेल राजु बस्नेतलगायत छन् ।प्रतिवेदन सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश केदारनाथ उपाध्यायले आयोगले तयार पारेको प्रतिवेदन मानवअधिकार रक्षाका लागि ऐतिहासिक दस्तावेज भएको बताएका थिए ।

 

Loading spinner