उपत्यकामा १९ सय ३५ जनामा कोरोनाकाे संक्रमण पुष्टि हुँदा, देशभर ३७सय ४९ जनामा संक्रमण

khabarwave
२९ आश्विन २०७७

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार उपत्यकामा पछिल्लो २४ घण्टामा १९सय ३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १६सय ९२, ललितपुरमा १सय ८ र भक्तपुरमा १सय३४ मा संक्रमण पुष्टि भएको हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर भने ३७सय ४९ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख २१ हजार ७४५ पुगेको छ। हालसम्म कोरोना निको हुनको संख्या भने ८४ हजार ५सय१८ पुगेको छ ।पछिल्लो २४ घण्टामा पीसीरआर १६ हजार ५सय९८ जनाको भएको छ । २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ।
यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३४९ र होम आइसोलेशनमा २४ हजार १९४ जना रहेका छन् ।

Loading spinner