प्रभु मनि ट्रान्सफरको चाडपर्व स्किम योजना

khabarwave
२८ आश्विन २०७७

काठमाडौं । प्रभु मनि ट्रान्सफरले बडादशैंको अवसरमा ‘सुरक्षित मनाऔं महान पर्व, प्रभुको उपहार’ सँग नामक स्किम योजना ल्याएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रभु मनि ट्रान्सफरले यस योजना अन्तर्गत विदेशबाट नेपालमा पैसा पठाउने तथा प्राप्त गर्ने दुवै पक्ष लाभान्वित हुने जनाएको छ ।

यस स्किममा ग्राहकहरुले हरेक हप्त ३२ इन्चको टिभीसहित प्रभु टिभी सेटटप बस्स पाउने जनाइएको छ । साथै प्रभु क्यापिटलमा प्रभु बैंकको डि–म्याट तथा मेरो सेयरको खाता खोल्दा ५० प्रतिशत छुट, प्रभु पे मार्फत मोबाइल वालेटमा रु ३० बराबरको टपअप र प्रभु डिजिटलबाट नेट र टिभीको बार्षिक प्याकेज लिने ग्राहकले २ महिनाको अतिरिक्त बोनस पप्त गर्न सक्ने जनाइएको छ । यो योजना अक्टोबर १५ देखि नोभेम्बर २० सम्म लागू हुने प्रभु मनि ट्रान्सफरले जनाएको छ ।

Loading spinner