सर्लाहीमा झड्प, दर्जनाै राउण्ड अश्रु ग्याँस प्रहार,तीन दर्जनभन्दा बढी घाइते

khabarwave
२८ आश्विन २०७७

काठमाण्डाै ।  काराेनाकाे महामारीमा भीड नगर्न सरकारले अनुराेध गरिरहेपनि दल र तिनका कार्यकर्ताले पालना गरेका छैन । सर्लाहीमा आफ्नो कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका नेपाली कांग्रेसका नेता र कार्यकर्ता र प्रहरीबीच झड्प भएको छ । दुवै पक्षको झडपमा डीएसपीसहित प्रहरीतर्फ २२ जना घाइते भएका छन् । यस्तै प्रदर्शनकारीतर्फ पनि २० भन्दा बढी व्यक्ति घाइते भएको बताइएकाे छ ।  ठुलो संख्यामा आएका कांग्रेसका नेता एवम् कार्यकर्ता जिल्ला प्रहरी कार्यालयभित्र प्रवेश गर्न खोजेपछि झड्प भएको हो ।

प्रर्दशनकारीले प्रहरी कार्यालयको झ्यालका सिसासमेत फुटाइदिएपछि बल प्रयोग गर्नुपरेको प्रहरीले बताएकाे छ । भिडलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ३१ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ ।

झाडु, प्लेकार्डसहित प्रदर्शनकारी जिल्ला प्रहरी कार्यालय गएका थिए । प्रदर्शनकारीले  रामनगर गाउँपालिका वडानम्बर ७ मा हत्या गरिएका महेन्द्र रामको हत्यारालाई कारबाही गर्नुपर्ने, रामलाई शहीद घोषणा गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग रोखका छन् ।

 

Loading spinner