शिक्षामन्त्रीलाई कोरोना भाइरस संक्रमण

khabarwave
२५ आश्विन २०७७

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस कोभिड पुष्टि भएको छ ।

मन्त्री गिरिराजमणि पोखरेल शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको हाे । मन्त्री पोखरेल अहिले पनि अस्पतालमै छन् ।

यसअघि शनिबार सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको थियाे ।

शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए । उनकाे रिपोर्ट पोजेटिभ आएको थियाे ।

Loading spinner