प्रदेश सभाका सभामुखलाई कोरोना संक्रमण

khabarwave
२३ आश्विन २०७७

काठमाण्डाै । लुम्बिनी प्रदेशका प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीमगरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा सभामुख घर्तीमा को संक्रमण पुष्टि भएकाे हाे ।
सभामुख घर्ती बुटवल रामनगरस्थित सरकारी निवासमै आइसोलेसनमा बसेका छन् । सभामुख घर्तीले आफ्नो सम्पर्कमा आएका सबैलाई आइसोलेसनमा बस्न र परीक्षण गरी सुरक्षित हुन आग्रह गरेका छन ।

ज्वरो आएपछि सभामुख घर्तीले बिहीबार पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा शुक्रबार उनको रिपोर्ट पोजेटिभ आएको हाे । उता शुक्रबार नै लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

Loading spinner