कोरोना संक्रमितको संख्या एक लाख नाघ्याे, मृतकको संख्या ६सय पुग्याे

khabarwave
२३ आश्विन २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएकाे छ । १३ हजार २सय ७९ जनाको परीक्षण गर्दा २ हजार ५९ जना संक्रमित भेटिएका हुन् ।

सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११ सय १६, भक्तपुरमा १सय ३० र ललितपुरमा १सय ६३ जनामा संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म कुलसंक्रमितको संख्या एक लाख नाघेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ६सय पुगेको छ ।

Loading spinner