देशभर २ सय १ पत्रकार कोरोनाबाट संक्रमित , १ सय ४३ जना सक्रमणमुक्त

khabarwave
२३ आश्विन २०७७

काठमाण्डाै । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यलयका अनुसार २०७७ असोज २३ गतेसम्म प्राप्त अभिलेख अनुसार २ सय १ जना पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । सक्रमित मध्ये २ जनाको मृत्यु भएको छ, १४३ जना सक्रमणमुक्त भइसकेका छन् भने ५६ जना उपचाररत छन् ।

महासंघका अनुसार प्रदेश नं १ मा २९ जना, प्रदेश नं २मा ४२ जना , बागमती प्रदेशमा ६९ जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा ११ जना र सुदुरपश्चिम प्रदेश २ गरी जम्मा संक्रमित संख्या २सय १ जना रहेकाे छ ।
केही समयअघि नेपाल पत्रकार महासंघले पत्रकारहरुका लागि कोभिड १९ सँग सम्बन्धित, वैज्ञानिक पक्ष र रिपोर्टिङका लागि अपनाउनुपर्ने आवश्यक सचेतनाका बारेमा पत्रकारलाई अभिमुखिकरण तालिम दिएकाे थियाे । भर्चुअल माध्यमबाट सातवटै प्रदेशका करिब ८ सय पत्रकारले उक्त अभिमुखिकरण तालिम लिएका थिए । कार्यक्रम विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञहरुको सहभागितामा भएकाे थियाे ।

Loading spinner