साझाका संयोजक भन्छन – पार्टीलाई वैकल्पिक राजनीति शक्ति बनाउछाै

khabarwave
२२ आश्विन २०७७

काठमाडौं । साझा पार्टीले केन्द्रीय समितिलाई पुनर्गठन गरी ६५ सदस्यीय बनाएको छ । सात प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थपेर आफ्नो केन्द्रीय समितिलाई ६५ सदस्यीय बनाइएको संयोजक रवीन्द्र मिश्रले बिज्ञप्तीमार्फत जनाएका छन ।

थपिएका ३७ जना सदस्यमा १० जना महिला रहेका छन् । समय दिएर अग्रपंक्तिको राजनीतिक नेतृत्व लिन चाहने महिला, विभिन्न समावेशी समूहका सदस्यको अझै पनि पार्टीले अभाव महसुस गरेको संयोजक मिश्रले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।साझा पार्टीको केन्द्रीय समितिमा थपिएकाहरुमा महेन्द्र थापा, अमलेश कर्ण, धनपति महतो, सुमनकुमार मिश्रा, दिव्येश गिरी, मुरली मनोहर मिश्र, अनुपा श्रेष्ठ, पुष्पा सापकोटा, सुरज प्रधान, प्रदीप थापा, भुपेन्द्र बस्नेत, अमृत पुडासैनी , दीपक पौडेल, हरिप्रसाद गौतम, अर्जुनप्रसाद खनाल, नवराज थापा, हरिकृष्ण अधिकारी, इन्दिरा वाग्ले शर्मा, मधुसुदन केसी, केशवबहादुर मल्ल, सुशीलराज देवकोटा, घनश्याम विश्वकर्मा, पवन मल्ल, संगीता श्रेष्ठ , लक्ष्मी शाही, दुज्जी चौधरी, घनबहादुर शाह, सरोज गौतम, प्रकाश आचार्य, पवित्र थापा, सस्मित पोखरेल, संजय बराल, आशिष रेग्मी, दीपक उप्रेती, विणा शाह, शारदा रिजाल र लक्ष्मी घिमिरे रहेका छन् ।

संयोजक  मिश्रले बिज्ञप्तीमार्फत भनेका छन –  केन्द्रीय समितिको पुनर्गठन सँगसँगै हामीले आफूलाई वैकल्पिक राजनीतिको गुरूत्वशक्ति बनाउने उद्देश्यका साथ समान विचार र उद्देश्य भएका राजनीतिक पार्टी, समूह र अभियानहरुसँग समेत पार्टी एकीकरण र ध्रुवीकरणको प्रक्रिया सुरु गरेका छौँ। देशमा परिणाममुखी लोकतन्त्र, सुशासन, विकास र संवृद्धि सुनिश्चित गर्ने हो भने अब फरक धारबाट अगाडि बढेका पछिल्ला राजनीतिक प्रयत्नहरुलाई एकिकृत गर्नुपर्छ भन्ने पार्टीको ठहर छ। नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरुको एकता आजको आवश्यकता हो।

Loading spinner