डा. केसीसँग वार्ता गर्न शिक्षासचिबको नेतृत्वमा ३ सदस्यीय वार्ता समिति

khabarwave
२१ आश्विन २०७७

काठमाडौं । चिकित्सक सं‌घले आन्दोलन घोषणा भएको केहीबेरमै सरकारले वार्ता टोली गठन गरेको छ । सरकारले  २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा  ३ सदस्यीय वार्ता  समिति बनाएको हाे  ।

सचिव  मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेका बताइएकाे छ।

सरकारले अनशन तोडाउन पहल नगरेको भन्दै  सं‌घले असोज २२ गतेदेखि आन्दोलन घोषणा गरेकाे छ ।

Loading spinner