ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई सिद्धार्थ बैंकद्वारा सहयोग

khabarwave
२० आश्विन २०७७

काठमाडौं । सामाजिक उत्तरदायित्व निर्वाह गर्नमा अग्रणी सिद्धार्थ बैंक लिमिटेडले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई दुई लाख ७९ हजार ५० रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका तर्फबाट बैंकका हेड अफ सर्कल अफिस त्रिपुरेश्वरका अजय भण्डारीले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीका अध्यक्ष कमला अधिकारीलाई हस्तान्तरण गरेका छन् ।

बैंकबाट प्राप्त उक्त रकम ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले उल्लेखित आवश्यक परेका २० महिला विद्यार्थीहरूको शिक्षाका निम्ति प्रयोग गर्नेछ । देशका विभिन्न जिल्लामा महिला बेचविखन निवारण, महिला हिंसा अन्त्य, महिलाहरूको स्वास्थ्य सुधार र महिला शिक्षाका लागि कार्यरत हुंदै आइरहेको ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई बैंकले पुर्याएको सहयोगबाट महिला विद्यार्थीहरूको शिक्षामा केहि हदसम्म भए पनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने जनाएको छ ।

Loading spinner