प्रदेशसभामा टेबुल र कुर्ची तोडफोड,तोडफोडकै बीच बैठक संचालन ,सभामुख मर्यादापालकको सुरक्षाघेरामा

khabarwave
१९ आश्विन २०७७

काठमाडौं । प्रदेश ५ को प्रदेशसभामा टेबुल र कुर्ची तोडफोड भएकाे छ । नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता दिइएका कारण उक्त घटना भएकाे हाे  छ।

विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची छ ।तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका छन् ।उक्त प्रस्ताबमा नेकपा सांसद भाेजराज श्रेष्ट बाेलेका थिए भने बिष्णु पन्थीले कपिलबस्तु राजधानी कायम गर्न अनुराेधगरेका छन ।

नाराबाजीबीच प्रदेश नं ५ को राजधानी दाङ कायम गर्ने विषयमा छलफल सुरु भएको छ। प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरिरहेको छ। सभामुख मर्यादापालकको सुरक्षामा छन् ।

 

 

Loading spinner