६ जिल्लामा सिमित लुम्विनी आज १२ जिल्लामा विस्तारित हुँदैछ-मुख्यमन्त्री

khabarwave
१९ आश्विन २०७७

काठमाण्डाै । प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्विनी विस्तार भएर जाने बताएका छन् ।सोमवार उनले सामाजिक सञ्जाल मार्फत प्रदेशका १२ जिल्लमा लुम्विनीको भावना विस्तारित हुने सार्वजनिक गरेका हुन् ।

हिजो ६ जिल्लामा सिमित लुम्विनी आज १२ जिल्लामा विस्तारित हुँदैछ’,पोखरेलले भने,‘यो सिंगो प्रदेशबासीको गौरवको विषय बन्दैछ ।’

तीन वर्षपछि प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने तयारी भइरहँदा मुख्यमन्त्री पोखरेल प्रदेशको नाम लुम्विनी’ नै हुनेमा ढुक्क देखिएका छन ।शुक्रवार प्रदेशसभामा राजधानीको नाम ‘लुम्विनी’ र राजधानी दाङको भालुवाङ देउखुरी क्षेत्रमा राख्ने प्रस्ताव माथी मंगलवार राजधानीको नाम र केन्द्रको अन्तिम टुंगो लगाउने कार्यक्रम छ ।

Loading spinner