बीओकेको ग्रिन पिन सुबिधा

khabarwave
१७ आश्विन २०७७

काठमाडौं । बैंक अफ काठमाण्डूले ग्रिन पिन सुबिधा ल्याएको छ । बैंकले आफ्नो कार्ड बाहक ग्राहकलाई सहज रुपमा बैंकको कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि उक्त सुबिधा ल्याएको हो ।

यस सुबिधाबाट बैंकको नयाँ ग्राहकले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डबाहक ग्राहकले आफ्नो कार्डको पिन रिसेट गर्न सक्नेछन् । नयाँ कार्डबाहक ग्राहकले कार्ड बैंकबाट संकलन गरे पश्चात एटिएम गई सहज रुपमा कार्ड एटिएममा राखेर ‘इन्टर योर ओटीपी’ मेनु छानी आफैले पिन सेट तथा रिसेट गर्न सक्नेछन् ।

यस पश्चात कार्ड बाहकले बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा ६ अंक ओटीपी प्राप्त गर्नेछन् । उक्त मोबाईल नम्बरमा प्राप्त ६ अंकको ओटीपी प्रयोग गरेर आफ्नो कार्डको पिन सजिलै परिवर्तन गर्न सकिन्छ ।

Loading spinner