बदलिँदाे जीवनशैली र स्तन क्यान्सरकाे जाेखिम

khabarwave
१८ आश्विन २०७७
अक्टाेबर महिनालाइ बिश्व स्तन क्यान्सर सचेतना दिबसकारूपमा बिश्वभर मनाइने गरिन्छ । नेपालमा पनि याे दिबस पछिल्ला दिनमा मनाइदै आइएकाे छ ।स्तन क्यान्सरका बारेमा नेपालमा अझैपनि बिभिन्न किसिमका धारणाहरू रहेकाे पाइन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वर्षेनी एक लाखमा २१.८ प्रतिशत महिलामा स्तन क्यान्सर बाट पिडीत छ । तीमध्ये १० जनाको मृत्यु हुने गर्दछ । महिलामा हुने सम्पूर्ण क्यान्सरजन्य रोग बाट मृत्युमध्ये २० प्रतिशत मृत्यु स्तन क्यान्सरले गराउँछ । महिलाहरुमा हुने क्यान्सरमध्ये स्तन क्यान्सर दोस्रो नम्बरमा पर्छ ।
स्तन क्यान्सर ४० वर्षभन्दा माथिका महिलाहरुलाई हुने सम्भावना बढी हुन्छ । तर अहिले कम उमेरको महिलामा पनि स्तन क्यान्सरको जोखिम बढेको पाइएको छ । विभिन्न कारणले सानै उमेरमा महिनावारी सुरु भएका र ढिलो उमेरसम्म हुनेलाई पनि स्तन क्यान्सर हुने सम्भावाना धेरै रहन्छ । स्तन क्यान्सर हर्मनमा निर्भर हुने भएकाले र महिनावारी हर्मनसँग सम्बन्धित भएका कारण लामो समयसम्म हर्मोनसँग एक्स्पोज हुँदा क्यान्सर हुने खतरा बढी रहन्छ । यसैगरी बच्चा नभएका, पहिलो बच्चा ३० वर्षभन्दा पछि जन्माउनेहरुमा पनि जोखिममा हुन्छ ।
नियमित रुपमा व्यायाम, योग गर्नाले शरीरमा रक्तकोशिकाहरु अनावश्यक रुपमा जम्मा हुन पाउँदैनन् र यसले क्यान्सरको सम्भावनालाई कम गरिदिन्छ ।
समयमा नै बच्चा जन्माएर नियमित रुपमा स्तनपान गराउने महिलालाई क्यान्सर रोग लाग्ने सम्भावना कम हुन्छ।स्तनको सौन्दर्य गुम्ने चिन्ताले वा दूध नआएर र अरु कुनै बाध्यताले कतिपयले स्तनपान गराउँदैनन् । यो समूहका महिलालाई भने स्तन क्यान्सर हुने सम्भावना बढी हुन्छ । करिब १० प्रतिशतमा वशांणुगत कारणले स्तन क्यान्सर हुनसक्छ । जस्तै -परिवारमा हजुर आमा,आमा वा दिदीबहिनीलाई स्तन क्यान्सर छ भने उक्त परिवारका अन्य महिला सदस्यहरुलाई हुने सम्भावना बढी हुन्छ ।
यसैगरी हर्मनयुक्त औषधि खाने, परिवार नियोजनका औषधि लामो समय सेवन गर्ने, हर्मन रिप्लेसमेन्ट पिल एचआरटी सेवन गर्नेलाई पनि स्तन क्यान्सर हुने खतरा अन्य महिलाको तुलनामा बढी हुन्छ । मोटोपन, धुमपान, मद्यपान पनि यसका कारक हुन् । साथै, विवाह नगरेका, बच्चा नजन्माएका, बच्चा पाएर स्तनपान नगराएका र पहिले एउटा स्तनमा क्यान्सर भइसकेका महिला हरूमा स्तन क्यान्सर जोखिम उच्च छ ।
स्तनमा गिर्खा हुनु, स्तनको आकारमा परिवर्तन, मुन्टाबाट रगत वा पिप बग्नु, स्तनको छालामा सुन्तलाको बोक्रामा जस्तो स–साना प्वाल देखिनु, मुन्टाभित्र धसिनु काखीमा गाँठागुँठी आएमा, आदि स्तन क्यान्सरका लक्षण हुन् । यस्ता लक्षण देखिइसक्दा पनि दुखाइ भने प्रायः नहुने भएकाले स्तन क्यान्सरले धेरैलाई झुक्याउने गर्छ ।
स्तन क्यान्सर लाग्दैमा बिरामीको मृत्यु भइहाल्दैन । यदि, सुरुकै अवस्थामा पत्ता लगाउन सकियो भने निको पार्न सकिन्छ । स्तन,ज्यान र उपचार खर्च पनि जोगाउन सकिन्छ । तर लाज र डरका कारण, चेतना नहुँदा, हेलचक्राई ले बिरामीहरु जटिल अवस्थामा पुगेपछि मात्र अस्पताल जाने गलत परम्पराले धेरैलाई पिरोलेको छ । त्यसैले क्यान्सरबारे चेतना जगाउन पनि उत्तिकै जरुरी छ ।अक्टुबर स्तन क्यान्सर जनचेतना  महिना हो, यो रोगबारे जनमानस मा ब्यापक रूपले जनचेतना फैलाउन जरूरी छ।

Loading spinner