अनशनरत डा. केसी बोल्न छाडे, स्वास्थ्य नाजुक

khabarwave
१७ आश्विन २०७७

काठमाडौँ । चिकित्सा क्षेत्रको सुरारका माग राख्दै २०औँ दिनदेखि अनशन बसेको डा. गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्त नाजुक बनेको छ। चिकित्सा शिक्षा सुधारका लागि अनसन बसेका डा. केसीसँगै रहेका उनका सहयोगीले बताएका छन् । आइसियुमा जान पटक–पटक आग्रह गरे पनि हातले इसारा गरेर नजाने सङ्केत गरेको र हिजोदेखि बोल्न छोडेको बताइएको छ ।

डा. केसीको समर्थनमा सोलिडारिटि फर डा. केसी अलायन्सको आयोजनामा शनिवार शान्तिपूर्ण प्रदर्शन हुँदै छ। तर सरकार भने कोरोनाको बहाना गर्दै डा. केसीको माग पन्छाउने योजनामा अघि बढेको छ । एउटा त्यागी व्यक्तिको मागलाई त सरकारले सुन्दैन भने रत्नपार्कमा रेलिङ भाँचिनु र गाडी तोडफोड हुनुलाई कसरी अनौठो मान्ने ? डा. केसीले आफ्ना लागि केही मागेका पक्कै होइनन् । मुलुकको स्वास्थ्य क्षेत्रको सुधारको माग गर्ने व्यक्तिलाई पटक पटक झुक्याउँदै आएको सरकारले यस पटक कोरोनाको बहाना देखाउँदै पन्छिदै गएको छ ।

Loading spinner