रानीपोखरीकाे बालगोपालेश्वर मन्दिरमा राखियाे गजुर

khabarwave
१५ आश्विन २०७७

काठमाडौं । प्रताप मल्लकालीन शिखर शैलीमा पुनर्निर्माण भएको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा विधिपूर्वक पूजाआजा गरी गजुर स्थापना गरिएको हो ।गजुरको निर्माण ललितपुर महानगरपालिका–१२ का कालीगढ विनोद शाक्यको नेतृत्वमा भएको हो । २० दिन लगाएर निर्माण गरिएको गजुरमा सुनका जलप लगाउनै मात्र पाँच दिन लागेको थियो ।

२०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेको रानीपोखरीमा केही दिनअघि पानी भरिएको थियो ।गजुर स्थापनासँगै बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण लगभग सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।  पोखरीको माथिल्लो पर्खाल वरिपरि सौन्दर्यीकरण तथा बत्ति राख्ने काम पनि चलिरहेको छ ।

 

Loading spinner