टाटाका गाडी किन्न सानिमाको कर्जा

khabarwave
१४ आश्विन २०७७

काठमाडौं । टाटा मोटर्स नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग र सानिमा बैंक बीच सम्झौता भएको छ । अब टाटा मोटर्सको कमर्सिअल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले सानिमा बैंकको देशैभरि जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरेको निर्देशन, परिपत्र तथा सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान कार्यबिधि, २०७५ को अधिनमा रही बैंकको नीतिअनुसार ग्राहकहरुलाई व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्नका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराईनेछ ।
यस तोकिएको सहुलियतपूर्ण कर्जाभित्र व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा र दलित तथा पिछडिएका समुदाय व्यवसाय विकास कर्जा परेका छन् । टाटाका गाडी खरिद गर्न इच्छुक हुने उद्यमी र संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधि भित्र रहीकर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिप्रदीका उपाध्यक्ष शौरभ राज थपलिया र सानिमा बैंकका एसएमई मिड साइज बिजनेस प्रमुख हिटलर श्रेष्ठले बैंकमा आयोजित एक कार्यक्रम बीच हस्ताक्षर गरे । सरल र सहजकर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा सिप्रदी ट्रेडिङ्गका देशभरी रहेका सम्पुर्ण डिलरहरुबाट पनि उपलब्ध हुनेछ ।

Loading spinner