यसकारण बनायाे प्रदेशसभाले विशेष समिति

khabarwave
११ आश्विन २०७७

काठमाण्डाै। पाँच नम्बर प्रदेशसभाले प्रदेशसभा सञ्चालन नियमावली–२०७४ लाई व्यवहारिक बनाउनका लागि विशेष समिति बनाइएको छ । प्रदेशसभाको छैठौं अधिवेशनको २७ औं बैठकले प्रदेशसभा नियमावली संसोधन मस्यौदा विशेष समिति गठनको प्रस्ताव गठनको प्रस्ताव गरिएकाे र पास भएकाे छ  ।विशेष समितिकाे पहिलो बैठकले  समितिकाे सभापतिमा भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ । उक्त समितिको सदस्यमा नेपाल कम्युनिष्ट पार्टीका सांसदहरु चेतनारायण आचार्य, पार्वती पुन गहतराज, रेवतीरमण पौडेल, कांग्रेसका रमा अर्याल, फकरुद्धिन खान र समाजवादी पार्टीका सहसराम यादव रहेका छन् ।

समितिले नियमावली संसोधनमा सुझावका लागि आउने हिउदे अधिवेशनसम्मको म्याद पाएको छ । संघियता कार्यान्वयनपछि बनेको प्रदेशसभामा संघीय संसदकै शैलीमा नियमावली बनाइएको थियो । सो निमावलीको पहिलो संसोधन अहिले कार्यान्वयनमा रहेको छ ।चालु  नियमावलीका कतिपय प्राबधानहरु अव्यवहारिक हुदा कार्यान्वयनमा कठिनाई भइरहेको र नियमावलीलाई समयसापेक्ष बनाउन संसोधन गर्न लागिएको हो ।  नियमावली संसोधनका लागि राष्ट्रिय अन्र्तराष्ट्रिय संसदीय अभ्यास, अन्य प्रदेशसभाको अनुभव, विज्ञहरुको अनुभव र ज्ञानलाई समेत समेटिने र कतिपय बुदाहरु अन्य कानूनसंग बाझिने र सरकार र प्रदेशसभाबीचको समन्वयमा नियमावली बाधक हुने भएपछि यो संसोधन गर्न लागिएको बताइएकाे छ ।

 

Loading spinner