सिमा सुरक्षाका लागी छाङरुमै सशस्त्र प्रहरीकाे क्याम

khabarwave
११ आश्विन २०७७

काठमाण्डाै । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने भएको छ । गृहमन्त्री रामबहादुर थापा र सशस्त्र प्रहरी प्रमुख खनालले सशस्त्र प्रहरीको भवनको शिलन्यास गरेका छन् ।स्थायीरुपमा संरचना निर्माण नभए पनि अहिलेलाई भाडाकै घरमा सशस्त्र प्रहरी बाह्रैमास छाङरुमै बस्ने भएको हो ।गत वैशाख ३१ गते व्यासको छांगरु गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बसेको थियो भने २८ असारमा मन्त्रिपरिषदको निर्णयअनुसार छाङरुमा गुल्म स्थापना गर्ने निर्णय भएको थियो ।

सशस्त्र प्रहरीका लागि रु १० करोड बजेटमा सुविधासम्पन्न भवन बनाउने गरी ठेक्का लगाइएको छ ।सशस्त्र प्रहरीको गुल्म नै व्यासको छाङरुमा स्थापना भइसकेकाले  सशस्त्र प्रहरीलाई बाह्रैमास बस्ने व्यवस्था मिलाइदैछ।

 

Loading spinner