नढल्ने विचारहरू

khabarwave
१० आश्विन २०७७

टेकप्रसाद पुलामी

एउटा मक्किएको थाक्रोमा जेलिएको बेरिएको त्यान्द्रो जीवन
माथी आकास छुने जिजिविसा बोकेर
मनहरु चारैतिर फैलाएर के के जाति बन्न खोज्छ
तर उ काहा स्वतन्त्र छ र
परनिर्भरता माथीको विचार आफै परनिर्भर छ
उ अल्झेको थाक्रो पनि त मक्किएको छ
तर पनि
उसलाई सुनौला खेत सुम्सुम्याउने इच्छा छ
डाडापाखामा सुसेल्दै बुर्कुसी मार्ने मन छ
उसका नयनहरु शिखरबाट दक्षिण हेर्न हतारीएका छन
मक्किएको थाक्रो माथिका डराएका मनहरुका
बिचारहरु डगमगाएका छन
लाग्छ उसलाई
एउटा सतिसाल भएको भए उ किन डराउथ्यो र
स्वतन्त्र भएर भन्ने थियोे म आफै उभिएको छु
मेरा इच्छाहरु खेर जानेछैनन
हुरि बतास र घाम पानी म आफै थेग्ने छु
अहिले उसका मनहरु बिचलित छ्न
सबै भएर पनि केही नभए जस्तो
सन्तुलन नभएको ढल्किएको तराजु जस्तो
कहि खाली सन्नटा,कहि रिक्त रिक्त
विचारहरुको आन्दोलनमा सबै वादहरु मुर्झाएर तिर्खाले पानी पानी भने जस्तो
विचारहरु खिइएर खियाले खाई प्वालै प्वाल भएको फलामको पातो जस्तो
मक्किएको थाक्रो माथि बिचारहरु असरल्ल छन
थाक्रो ढल्दा उसका बिचारहरु ढल्नेछन
मनहरु बासी हुनेछ्न
भुइमा पछारिएका मनहरु फेरि उठ्लान र१
आफै होइन उठाउनु पर्ने छ
फेरि पनि उहीँ उस्तै परनिर्भरता १
आउ साथी स्वतन्त्रता र स्वाभिमानको बिगुल बोक्ने बलियो थाक्रो गाडौ
त्यसै माथी बिचारहरु फूलीरहुन फलिरहुन
जीवनहरु हिमाल झै हासिरहुन
थाक्रोमा अडेको जीवन
अब कहिल्यै नढल्ने गरि उठिरहोस
औला ठड्याएर उसले बोलोस
अब म कहिल्यै ढल्ने छैन ।
ऋयmmभलतक

Loading spinner