अनशनस्थल शिक्षण अस्पतालबाट  भिडियो सन्देश जारी गर्दै डा केसीले प्रधानमन्त्रीलाई भने …….

khabarwave
९ आश्विन २०७७

काठमाडौं ।  राष्ट्रिय मानव अधिकार आयोगले डा गोविन्द केसीको मागबारे विमतिका विषय वार्ताको माध्यमबाट समाधान गर्न तथा आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्न सक्ने जटिल विकल्प नरोज्न आग्रह गरेको छ ।

आयोगका सचिव वेद भट्टराईले  जारी गरेको विज्ञप्तिमा चिकित्सा शिक्षाजस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन, डा केसीसँग नेपाल सरकारले विगतमा पटक–पटक गरेका सम्झौताप्रति गम्भीर हुँदै डा कसीको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न तथा विगतमा भएका सम्झौताको कार्यान्वयन स्थिति सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गरिएको छ ।

उनको स्वास्थ्य अवस्था स्थिर रहेको, शरीरको पोटासियम, म्याग्नेसियम र ग्लुकोजको मात्रा कम हुँदै गएको र पटक–पटकको अनशनका कारण शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेकाले सङ्क्रमणको उच्च जोखिम रहेको अनुगमनका क्रममा बुझिएको आयोगले जनाएको छ ।

आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्ला र प्रदेश कार्यालय वाग्मतीले अनशनस्थल जुम्लादेखि नै निरन्तर अनुगमन गरिरहेको छ भने डा केसीलाई नेपालगञ्ज हुँदै काठामाडौँ ल्याई वीर अस्पतालस्थित ट्रमा सेन्टर हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

यसैबिच  केसीले त्रिभूवन विश्व विद्यालय शिक्षण अस्पतालबाट  भिडियो सन्देश जारी गर्दै आफुले उठाएका माग साधारण भएकाले  , यसलाई पुरा गरिदिन  डा गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा अाेली लाइ आग्रह गरेका  छन् ।उनले माग सम्बोधन नगर्ने हो भने आफ्नो सत्याग्रह जारी रहने  बताएका छन ।

Loading spinner