कोरोना भाइरस संक्रमितको संख्या ७० हजार नाघ्याे, ४सय ५९ जनाको मृत्यु

khabarwave
९ आश्विन २०७७

काठमाडौं । देशभर २४ घण्टामा १३सय १३ जनामा कोरोना भाइरस कोभिडको संक्रमण पुष्टि भएको छ । १२ हजार २६२ नमुना परीक्षण गर्दा ४सय५३ महिला र ८सय ६० पुरुषमा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६सय ४५ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५सय०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जना

अब कोरोना भाइरस कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । उनीहरुमध्ये ४५९ जनाको मृत्यु भएको छ भने ५१ हजार ८६६ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १,४५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

 

Loading spinner