एकै परिवारका ७ महिने शिशुसहित ९ जनाकाे पहिराेले लियाे ज्यान

khabarwave
८ आश्विन २०७७

काठमाण्डाै । स्याङ्जाको वालिङ नगरपालिका -१४ तमागीमा  बिहीबार बिहानै गएको पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु भएको छ भने  कालीगण्डकी गाउँपालिका–४ मा खसेको पहिरोमा १ जनाकाे  मृत्यु भएको छ ।पहिरोमा परी मृत्यु हुनेहरुमा ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली र ९ वर्षीय विवश नेपाली छन् । उमा र माया दिदीबहिनी हुन् । कुलदीप,दीपक विक्रम र विवश उनका छोराहरु हुन् । बिनिता र कुलदीपसहित उनका ७ महिने शिशुलाई पनि पहिरोले ज्यान लिएको छ ।

पहिरोमा पुरिएर घाइते बनेकी मायाकी १६ वर्षीया छोरीलाई उपचारका लागि पोखरा ल्याइएको छ । बिहीबार बिहानै स्याङ्जाकै कालिगण्डकी गाउँपालिका-४ मा पहिरोमा पुरिएर १६ वर्षीय विष्णु परिवारको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

Loading spinner