निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित, कार्यसमितिको म्याद वैशाख मसान्तसम्म थप

khabarwave
६ आश्विन २०७७

काठमाडौं । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले असोज २४ गतेका लागि तय भएको निर्वाचन रोक्ने निर्णय गरेको हाे ।

मन्त्रिपरिषद बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि देशका विभिन्न १सय१० ठाउँमा स्थापना गरेको निर्वाचन कार्यालयका कर्मचारीको काज फिर्ताको निर्णय पनि गरेको छ भने प्रमुख निर्वाचन अधिकृतलाई पनि फिर्ता बोलाएको छ ।तर काबुबाहिरको परिस्थिति भए उक्त कार्यसमितिको म्याद एक वर्षसम्म थप गर्न पाइने व्यवस्था गरिएको छ । यसअघि कोरोना भाइरसको महामारीका कारण जेठमा चुनाव गर्नु सम्भव नहुने भन्दै असोजमा सारिएको थियो ।

सोमबार श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले आधिकारिक ट्रेड युनियनको हालको कार्यसमितिको म्याद वैशाख मसान्तसम्म थप गरेको छ । आधिकारिक ट्रेड युनियनको हालको कार्यसमितिको म्याद गत जेठ १९ गते नै सकिएको थियो ।

 

Loading spinner