१३० प्रहरी रहेको वृत्तमा कार्यरत ६३ जना संक्रमित

khabarwave
५ आश्विन २०७७

काठमाडौं । भक्तपुरको ठथमी वृत्तमा र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना सङ्क्रमण भएको छ । वृत्तमा कार्यरत १३० प्रहरीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ६३ जनामा कोरोना पुष्टि भएको । उनीहरुमा कोरोनो संक्रमण भएपछि काम कारवाही प्रभावित बनेको महानरीय प्रहरी वृत्त थिमीका डिएसपी ऋषिराम कँडेलले बताए । एकै पटक धेरै प्रहरी सङ्क्रमित भएपछि वृत्तमा मुद्दा फाँटको मात्रै काम भइरहेको बताउँदै उनले कोरोना सङ्क्रमण नदेखिएका प्रहरीलाई मोबाइल गस्तीमा पठाइएको र केही प्रहरीमात्रै कार्यालयमा कार्यरत हुँदा काम प्रभावित बनेको बताए।
अत्याश्यक बाहेक थिमी प्रहरी वृत्तमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको बताउँदै वृत्तका प्रमुख कँडेलले सङ्क्रमित प्रहरीलाई खरिपाटीस्थित आइसोलेसन केन्द्रमा र दुई जनालाई भने बोडेको आइसोलेसनमा राखिएको जानकारी दिए ।

Loading spinner