खुम्बु पासाङल्हामु गाउँपालिकाले राख्याे नयाँ सर्त

khabarwave
४ आश्विन २०७७

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले सबै एयरलाइन्स कम्पनीलाई पत्र लेख्दै सबै यात्रुको पीसीआर टेस्ट रिजल्ट चेक जाँच गरी नेगेटिभ आए मात्र उडान अनुमति दिन पत्र लेखेको छ ।सोमबारबाट आन्तरिक उडान हुँदैछ ।  पर्यटकीय सिजनमा सबैभन्दा व्यस्त हुने सोलुखुम्बुको खुम्बु क्षेत्रस्थित लुक्ला विमानस्थल अपेक्षित बढी व्यस्त हुने विमानस्थल हो । यहाँ उड्ने यात्रुले गाउँपालिका जानु अगाडी पीसीआर टेस्ट नेगेटिभ हुनुपर्ने शर्त राखेको छ ।

लुक्लामा तारा, सीता र समिट एयरले उडान गर्छन् ।अहिलेसम्म हवाई उडानमा शर्त राख्ने खुम्बु पहिलो स्थानीय सरकार हो ।

 

 

 

 

 

 

 

Loading spinner