उद्योग विभागको आन्तरिक सुधारका लागि बने कार्यदल

khabarwave
२ आश्विन २०७७

काठमाण्डाै।  नेपालमा बिदेशी लगानीको अवस्था र औद्योगिक सम्पत्ति (ट्रेड मार्क) को अवस्थाका बारेमा अध्ययन गर्नका लागि उद्योग विभागका महानिर्देशक जीबलाल भुसालले बेग्लाबेग्लै कार्यदल बनाएका छन् । बिदेशी लगानीको अवस्था, विदेशी लगानी ल्याउनकालागि भएका समस्या  कानूनी अबस्था, समस्या  त्यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव लगायतका विषयमा अध्ययन गर्न बिदेशी लगानी शाखाका निर्देशक उपसचिव (प्रा) को नेतृत्वमा तीन सदस्य कार्यदल बनाइएको छ।

त्यसमा निजी क्षेत्रको समेत प्रतिनिधित्व हुने व्यवस्था गरिएकाे छ । त्यस्तै औद्योगिक सम्पत्तिका बारेमा समग्र अध्ययन गर्नका लागि औद्योगिक सम्पत्ति  शाखाका वृन्दा आचार्यको नेतृत्वमा तीन सदस्यीय अध्ययन कार्यदल बनाइएको छ । त्यसमा कम्प्युटर अधिकृत केशवराज गौतम सदस्य छन् भने  शाखा अधिकृत कृष्णमान प्रधानलाई सदस्यसचिबकाे जिम्मेवारी दिइएकाे छ । अध्ययन कार्यदलमा कानुन उपसचिव टंक महतलाइ राखिएको छ ।  कार्यदललाई एक साताको समय दिएको छ ।

दुवै कार्यदलले आफ्नो जिम्मेवारीका कामका बारेमा अध्ययन गरिरहेका छन् । कार्यदलले बिज्ञ र सरोकारवालासगँ छलफल गरिरहेका छन । दुवै कार्यदलले समयसीमाभित्रै प्रतिवेदन महानिर्देशक समक्ष  बुझाउनेगरि काम गरिरहेका छन ।  दुवै कार्यदलले बिभागकाेऔद्योगिक सम्पत्ति र बिदेशी लगानी शाखाको समग्र सुधारका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालिन  समस्या समाधानकालागि उपायको प्रतिबेदन बनाउने तयारी भइरहेको छ ।

विभागको महानिर्देशकमा  भुसालले बहाली गरेलगत्तै  विभागको सुधारका लागि विभिन्न उपाय खोज्दै अगाडि बढेका छन । यसअघि एकलबिन्दु सेवा इकाइलाइ प्रभावकारी बनाउन उपसचिब  भक्तराज जाेशीकाे संयोजकत्वमा कार्यदल बनाइएको थियो । कार्यदलले प्रतिवेदन पेश गरि सकेको छ भने साे सन्दर्भमा उद्याेग   मन्त्रालयमा पनि छलफल भइसकेको छ । उक्त प्रतिवेदनकाे बारेमा सकरात्मक प्रतिक्रया आएपछि महानिर्देशक भुसालले औद्योगिक सम्पत्ति र विदेशी लगानी सम्बन्धि कार्यदल बनाएका हुन् ।

शाखा सुधारका लागि बेग्लाबेग्लै कार्यदल   बनेको  विभागको इतिहासमा  सम्भवत  पहिलो हाे । समग्र  उद्याेग बिभागलाइ उद्योगमैत्री  कसरी बनाउन सकिन्छ भन्ने मनसाय राखेरै कार्यदल बनेका  र आगामी दिनमा बिभागलाइ सुधारका लागि  अझ प्रभाबकारी कदम चालिने  बताइएको छ ।

Loading spinner