संघीय मामिलाले ९ उपसचिव १७ शाखा अधिकृतहरूलाई स्थानिय तहमा खटायाे

khabarwave
१ आश्विन २०७७

काठमाडौँ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे सचिवस्तर को निर्णयानुसार नाै उपसचिवहरुको बिभिन्न स्थानमा सरुवा तथा पदस्थापन गरिएकाे छ । भाद्र ३० को निर्णय भन्दै  बुधबार सार्बजनिक गरिएका  सरुवा / पदस्थापन गरिएका उपसचिवहरुमा गणेश सिंह एेरी सुदुरपश्चिम मुख्रयमन्त्री तथा मन्त्रिपरिषदकाे कार्लयबाट अमरगढी नगरपालिका,महेन्द्रकुमार खाम्पाङ मेचिनगर नगरपालिकाबाट अर्जुनधारा नगरपालिका,दिनानाथ लम्साल माइधार नगरपालिकाबाट मेचिनगर नगरपालिका , ध्रुब काेइराला भूमिसुधार मन्त्रालयबाट भेरी नगरपालिका  लगायत छन । मन्त्रालयले बुधबार विभिन्न गाउँपालिका तथा मन्त्रालयमा कार्यरत १७ जना शाखा  अधिकृतहरूलाई सरुवा गरेको छ ।

स्रोतका अनुसार मन्त्रालयले भूमि सम्बन्धी समाधान आयोगका गणेश पोख्रेललाई लिखु तामाकोशी गाउँपालिका, रामेछाप, छत्रेश्वरी गाउँपालिका सल्यानका डिल्ली खड्कालाई परिवर्तन गाउँपालिका रोल्पा, मालपोत गाउँपालिका लमहीका खिमबहादुर खड्कालाई छत्रेश्वरी गाउँपालिका सल्यान, इलाका प्रशासन कार्यलय सुगौलीका कुन्दन कुमार कर्णलाई वलान विहुल गाउँपालिका सप्तरी, भाषा आयोगका आकंक्षा रिजाललाई जिल्ला समन्वय समिति म्याग्दीमा सरुवा गरिएको छ ।गृह मन्त्रालयका शाखा अधिकृत शिव कुमार राईलाई भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोक सरुवा गरेको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सत्यनारायण शाहलाई जानकीनन्दनी गाउँपालिका, धनुषा, गृह मन्त्रालयका हरिराम नागिलालाई घरपझोङ गाउँपालिका मुस्ताङ, लिखुपिके गाउँपालिका, सोलुखुम्बुका राजेन्द्र भण्डारीलाई भीमफेदी गाउँपालिका, मकवानपुर, दुर्गाथली गाउँपालिका,बझाङका धर्मराज उपाध्यायलाई केआईसिँह गाउँपालिका डोटी र जिल्ला समन्वय समिति सुर्खेतका कृष्णबहादुर पन्तलाई सिम्ता गाउँपालिका सुर्खेतमा पठाइएको छ ।

यसैगरी परिवर्तन गाउँपालिका रोल्पाका नन्दराम परियारलाई नन्दराम परियारलाई भूमि सम्बन्धी समस्या समाधान आयोग, भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोकका मोहन प्रसाद निरौलालाई स्वस्थ्य तथा जनसंख्या मन्त्रालय, सिम्ता गाउँपालिका सुर्खेतका जनक बहादुर हमाललाई भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, घरपझोङ गाउँ पालिका मुस्ताङका दिलिप सुवेदी, केआईसिँह गाउँपालिका डोटीका सुनिल ठगुन्ना र भीमफेदी गाउँपालिका मकवानपुरका जीवन कुवर तीनै जनालाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ ।

Loading spinner