सचिव चन्द्रमानलाई कर्णाली प्रदेशकाे जिम्मा

khabarwave
१ आश्विन २०७७

काठमाडौँ । सरकारले सचिव चन्द्रमान श्रेष्ठलाई कर्णाली प्रदेश सरकारकाे प्रमुख सचिब पदमा सरूवा तथा पदस्थापना गरेकाे छ । उनकाे सरूवा भाद्र २५ गते अगाडी  बसेको मन्त्रिपरिषद् बैठकले गरेकाे थियाे । उनी सरूवा भएकाे जानकारी पाए लगत्तै   कर्णाली प्रदेश  मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयले आफ्नाे बेभसाइटमा फाेटाे बिनाकाे उनकाे नाम प्रमुख सचिबका रूपमा राखेकाे छ । उनकाे भाद्र १९ गते बढृवा भएकाे थियाे ।

श्रेष्ठकाे २० प्रतिशत पदमा बढुवा भएकोले एक जनाको मात्रै सिफारिस गरिएको थियो । लगातार चार पटक ८० प्रतिशत र पाँचौँ पटक २० प्रतिशत पदमा बढुवा सिफारिस गर्ने व्यवस्था रहेको छ । निजामती सेवा ऐन २०४९ को दफा १९ ख को १ मा २० प्रतिशत पदबारे उल्लेख छ । जसमा भनिएको छ रिक्त पदमध्ये बीस प्रतिशत पदमा कार्यसम्पादन मूल्याङ्कनमा औसतमा पन्चानब्बे प्रतिशत वा सोभन्दा बढी अंक प्राप्त गरेका र सम्बन्धित सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको पदमा सबैभन्दा बढी सेवा अवधि भएको सम्भाव्य उम्मेदवारलाई बढुवा समितिको सिफारिसमा नेपाल सरकारले बढुवा गर्नेछ ।

 

Loading spinner