वामदेवले पद तथा गोपनियताको लिए सपथ

khabarwave
१ आश्विन २०७७

 काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् ।  राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्यही सिटमा गौतमलाई मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो । बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले  नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा  बामदेव गौतम, दाखाक्वाडी -१, प्यूठानलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नु भएको प्रबक्ता हरि प्रसाद दहालले जारी गरेकाे बिज्ञप्तीमा जनाइएकाे थियाे ।

Loading spinner