बालुवाटारमा जारी मन्त्रिपरिषद बैठकले कुलमानलाई पुनः चार वर्ष पुर्ननियुक्ति गर्दै

khabarwave
१ आश्विन २०७७

काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसिरहेकाे मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुर्ननियुक्ति गर्ने बताइएकाे छ ।

यसअघि गत २९ गते सोमबारबाट घिसिङको चार वर्षे कार्यकाल पुरा भएसँगै उनी प्राधिकरणबाट बिदाई भएका छन् । यद्यपी सोमबार बसको मन्त्रिपरिषद् बैठकले उनीबारे केहि निर्णय गरेको थिएन । यसैबीच ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव गरेको जानकारी दिएको छ ।

मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेश गरेको जानकारी दिएका हुन् । चापागाईंले मन्त्रिपरिषदले प्राधिकरणको आवश्यकता र जनभावनाको कदर गर्दै मन्त्रिपरिषदले घिसिङलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने विश्वाससमेत व्यक्त गरिएको प्रस्तावमा भनिएको छ

 

 

Loading spinner